MY MOTHER PROGRAM

मातातिर्थ औँसीको पावन अवसर पारी लायन्स क्लब अफ इन्द्रावतीको आयोजना र शान्ति सम्वृद्धि दिगो विकासका लागि मानविय कार्य ह्याप्सको सहआयोजना तथा व्यवस्थापनमा सम्झनामा मेरी आमा कार्यक्रम सम्पन्न भएको छ । निसाय सेवा सदन बानेश्वरमा रहनुभएका करिब ४० जना वृद्धवृद्धा आमाबुवाहरुलाई निशुल्क भोजन तथा मिठाई प्रदान गरिएको थियो । कार्यक्रममा बोल्नु हुँदै संस्थाकी सह सचिव सम्झाना पौडेलले आमाबुवाहरुलाई भोजन ग्रहण गराउन पाउँदा आफुहरुलाई पुण्य र आनन्द मिल्ने बताउनु भयो । र यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिई रहने उहाँले भन्नु भयो । उक्त निसाय सेवा सदमा ४० जना वृद्धवृद्धा बस्दै आउनु भएको छ । भोजन ग्रहण कार्यक्रमा उहाँहरुले हामी जस्तो बेसाहारालाई यसरी सम्झेर कार्यक्रम लिएर आउनु भएकोमा खुशी हुँदै संस्थाको सम्पुर्ण टिमलाई आर्शिवाद व्यक्त गर्नु भएको थियो ।

Posted: 8th June by HAPPS

Leave a Comment

Your email address will not be published. Required fields are marked *