ह्याप्स ग्रामिण छात्रवृति कोष (HAPPS RURAL SCHOLARSHIP FUND) शान्ति सम्वृद्धि र मानविय कार्य ह्याप्सको आयोजनामा पाल्पा जिल्लाको विकट गाउँ निस्दी गाउँपालिका वडा नं ५ मा रहेको सरस्वती माविमा ग्रामिण छात्रवृति नामक कोष स्थापना गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखी १२ सम्मका ३२ जना गरिब अपागं टुहुरा बालबालिकाहरुका ुिनम्ती खर्च हुने गरी रु ३५ हजार ३ सय ३५ रुपयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दुर्गा बहादुर सोमैलाई हस्तान्तरण गरीएको छ । यस रकमबाट ति ३२ जनालाई लक्षित गरी विद्यालय पोसाक,कपी कलम,पुस्तक,सरसफाईका सामाग्री,घडी आदिमा खर्च गरिने छ । विदेश तथा स्वदेशमा रहनु भएका दाताहरुको सहयोगमा एक मुस्ट रकम संस्थाका अध्यक्ष कुशल अर्यालले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दुर्गा सोमैलाई हस्तान्तरण गर्नु भएको हो । छात्रवृतिकोष स्थापना कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष कुशल अर्यालले आर्थिक अवस्था कम्जोर भएका,गरिब अपागं,अभिभावक विहिन बालबालिकाहरुलाई यसले उनीहरुको पढाईमा केही हदसम्म भएपनि सहयोग गर्ने बताउनु भयो । र यस्ता अन्य विभिन्न कार्यहरु विभिन्न जिल्लामा हयाप्सद्धारा गरिरहेको जानकारी दिनु भयो । पहिलो चरणमा छात्रवृति पाउने विद्यार्थीहरुको नामावली यसप्रकार छ । कक्षा १ खिममायाँ सुनारी सुरज राक्से कक्षा २ कोपिल घर्ति दिपेश राई कक्षा ३ यमुना सोती चुनीसरा खाम्चा कक्षा ४ इशु विक सुवास क्षेत्री कक्षा ५ हिरा ब नेपाली पुजा मश्रागीं कक्षा ६ डिलमायाँ जर्घा चु नीसरा बयम्बु कक्षा ७ विष्णु ब सुनारी सन्तोष सोमै विनिता ठाडा कक्षा ८ दिनेश राना रमेश विक लिल ब राई कक्षा ९ चोमा सुनारी झाक बहादुर लम्काहा झपिन्द्र सारु कक्षा १० हरिमाया बयम्बु इन्दिरा विक डोलमायाँ ढुङगाना कक्षा ११ किरण अर्याल ङनमायाँ ठाडा तुलसी सोती कक्षा १२ धनमाया ठाडा खुम ब आले कृष्ण लम्काह तिनिसा राई डोलमाया शाही …
RURAL SCHOLARSHIP FUND Read More »